भारतले अक्टोबरसम्म चिनी निर्यातमा रोक लगायो, नेपालमा असर पर्ने

भारतले अक्टोबरसम्म चिनी निर्यातमा रोक लगायो, नेपालमा असर पर्ने

काठमाण्डाै – भारतले चिनी निर्यातमा रोक लगाएको छ । आन्तरिक बजारमा चिनीको भाउ बढेकोले यसलाई रोक्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ तारिखसम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

विदेशमा चिनी निर्यातमा रोक लगाएपछि देशभित्रको भाउ नियन्त्रण हुने सरकारको अपेक्षा छ । विदेश व्यापार निर्देशनालयले विज्ञप्ति निकालेर देशभित्रको समस्यालाई मध्यनजर गरेर निर्यातमा रोक लगाइएको जनाएको छ । तर चिनी तथा खाद्य वितरण महानिर्देशनालयको विशेष अनुमति लिएर भने चिनीको निर्यात अनुमति दिन सकिने समाचारमा उल्लेख छ । अमेरिका र बेलायतमा भने चिनी निर्यातमा बन्देज लगाइएको छैन । नेपालमा वार्षिक साढे तीन लाख मेट्रिक टन चिनीको माग हुँदै आएकोमा अधिकतम एक लाख ५० हजार मेट्रिक टन मात्रै उत्पादन हुँदै आएको छ । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा पनि समस्या हुने देखिएको छ । पछिल्ला केही वर्षयता नेपालमा औसतमा वार्षिक आठ अर्ब रुपैयाँको चिनी आयात हुँदै आएको छ

प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij