सरसफाइकर्मीलाई अब बुटवलले निकै महत्त्व दिन्छ : नगरप्रमुख पाण्डे

सरसफाइकर्मीलाई अब बुटवलले निकै महत्त्व दिन्छ : नगरप्रमुख पाण्डे

बुटवलमा सरसफाइकर्मी र मेयर-उपमेयरद्वारा सहभोज

बुटवल – १५औं गणतन्त्र दिवस २०७९ को अवसरमा बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले सरसफाइकर्मीसँग सहभोज गरी मनाएका छन् । बुटवल उपमहानगर भित्रका सरसफाइकर्मीहरूको साथमा नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले सरसफाइकर्मी र कर्मचारीसहित सहभोज गरेका हुन् ।

सहभोज शुरु हुनुअघि आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पाण्डेले सरसफाइजस्तो महत्त्वपूर्ण क्षेत्रमा काम गर्ने सरसफाइकर्मीलाई अब निकै महत्त्व दिने उद्घोष गरेका छन् ।  पाण्डेले बुटवल उपमहानगरपालिकाकालाई सुन्दर बनाउने जस्तो महत्त्वपूर्ण काम गर्ने सरसफाइकर्मीहरूलाई अब बुटवलले निकै महत्त्व दिने उल्लेख गरे ।

उनले सरसफाइकर्मीहरूका समस्या समाधान गर्नेतर्फ संकेत गर्दै आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माण गर्दा निकै महत्त्वका साथ समेट्ने उनले बताए । उनले भने, ‘अहिले बुटवलमा काम गर्ने साथीहरूलाई ८ घण्टा पनि समस्या भएको सुनाए, बजेटमा हामीले निकै ध्यान दिन्छौँ, दिनभर खटिन परे पनि काम गर्न सहज हुनेगरी व्यवस्थापन गर्छौं ।”

कार्यक्रममा बोल्दै नवनिर्वाचित उपप्रमुख अर्यालले ठूलो मेहनतले गरेको गणतन्त्रको रक्षा गर्नुपर्ने बताइन् । उनले गणतन्त्र समुदाय अनुसार फरक भएकोले सबैलाई अपनत्व हुनेगरी काम गर्ने बताइन् । उनले सबैलाई समानताको भानको अवस्था बनाउन सहभोज गरिएको बताइन् ।

बुटवल उपमहानगरपालिकाका सफाई कर्मचारी जितबहादुर परियारले मेयर उपमेयर नै आएर सहभोज गर्नु स्वागतयोग्य काम रहेको बताए । उनले सफाइ कर्मचारीहरूका समस्याको बारेमा बताएका थिए । उनले आफ्ना समस्या सम्बोधनमा अहिलेको नगर सरकारले काम गर्न आग्रह गरे । बुटवल उपमहानगरपालिकामा अहिले ४२ जना सरसफाइकमीहरू कार्यरत रहेका छन् ।

 

प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij