तिलोत्तमा
स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ ।
नव निर्वाचित नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले निर्बाचित जनप्रतिनिधि प्रति बधाई ज्ञापन गर्दै आम नगरबासी, सुरक्षाकर्मी, निर्बाचन आयोग तथा पत्रकार एबम संचारकर्मीलाई धन्यबाद ज्ञापन समेत गरिएको छ।
सो अबसरमा नगर प्रमुख राम कृष्ण खाणले आर्थिक वर्ष २०७९ र ०८० मा संचालन हुने बिकास र योजना सहकार्य र सहमतिबाट गरिने जानकारी गराउनु भएको थियो ।
प्रमुख खाँणले तिलोत्तमा नगरपालिकाको सफल कार्यकाल पुरागरि निवर्तमान भएका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय सहित असल अभ्यासको अनुसरण गर्ने निर्णय समेत गरिएको बताउनु भयो।
नव निर्बाचित उपप्रमुख जागेश्वर देवी चौधरीले जुनसुकै पार्टी बाट निर्बाचित भएर आए पनि अब सबैको साझा भएर नगर बासीको हितमा काम गर्नु पर्ने बताउनु भयो।
नगर कार्यपालिका कार्यालयमा बसेको बैठकले स्थानीय तह निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।
नगरकार्यपालिका सदस्य हरुको उपस्थितिमा परिचयात्मक कार्यक्रम समेत भएको थियो।
नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको संचालनमा भएको बैठकमा नव निर्बाचित प्रतिनिधिहरुलाई कर्मचारीको तर्फबाट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत ज्ञवालीले स्वागत तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्