एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज

काठमाण्डौ ।

एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ ।
पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ ।

अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।

नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । श्रम मन्त्री प्रस्ताव गरिएका शेरबहादुर कुँवर गैरसांसद हुनुहुन्छ । यसअघि पनि प्रधानमन्त्री देउवाले गैरसांसद गोविन्द प्रसाद कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij