तिलोत्तमा
तिलोत्तमा नगरपालिका वडा नं तीन जानकीनगर टोल सुधार समितिले नव निर्वाचित स्थानीय तहका जनप्रतिनिधि हरुलाई सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले सबैले सहकार्य गरेर अगाडि बढ्ने र वडाबासीका समस्या समाधानमा सहमति सहकार्य र एकताका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो। पौडेलले वडा नं तीन भित्र जानकीनगर टोल सुधार संस्था अरुको तुलनामा सरसफाई लगायतका कुरामा सक्रिय रहेको बताउनुभयो । सो अवसरमा वडा सचिव गोकुल गिरी , वडा सदस्य चुडा कुमारी बिष्ट, लक्ष्मी घिले, नारायण बहादुर क्षेत्री, बिष्णु बहादुर थापा लगायतले बोल्नुभएको थियो ।
टोल सुधार समितिका अध्यक्ष खिमबहादुर जि सी को अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन सह सचिव मिलन अर्यालले गर्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्