प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न सेनाको टोली खटियो

प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न सेनाको टोली खटियो

काठमाण्डाै – नुवाकोटको ककनी गाउँपालिकाबाट विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर नुवाकोट पुगेको छ ।

सेनाका तालिमप्राप्त कर्मचारीले ती व्यक्ति पुगेको लिखु गाउँपालिकाको टावरमा पुगेर उद्धारकाे प्रयास गरेका छन्, तर उनी झन् झन् भाग्दा समस्या भएको छ । ‘केही समय पहिलेसम्म उनी टावरमा बसेका थिए, सेनालाई देखेपछि तार नै तार झन् भागिरहेका छन्, उद्धारमा निकै समस्या हुने देखियो’ ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भन्नुभयो ।

मानसिक सन्तुलन गुमाएका व्यक्ति ककनीबाट प्रसारण लाइनमा चढेकोमा अहिले तार नै तार हिँडेर लिखु गाउँपालिका पुगेका छन् । उनका कारण माथिल्लो त्रिशूली ‘थ्री ए’ को ६० मेगावाट र अरु ५ मेगावाट गरी ६५ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । यसैको कारण ठाउँठाउँमा लोडसेडिङ भएको र भारतबाट आयात बढाइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij