सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा, एसपीपी सम्बन्धमा छलफल जारी

सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा, एसपीपी सम्बन्धमा छलफल जारी

काठमाडौं – अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे निष्कर्षमा पुग्न सत्ता गठबन्धनका शीर्ष नेताहरूबचि अहिले छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भईरहेको हो ।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।

माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्षन नेपाल र जसपा अध्यक्ष यादवबीच शनिबार पनि छलफल भएको थियो । छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालिएको थियो । सो निष्कर्षका सम्बन्धमा नै अहिले बालुवाटारमा प्रधानमन्त्रीसहित छलफल चलिरहेको हो ।

प्रकाशित मिति : आइतबार, असार ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij