बुटवल -नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम प्रतिनिधि सभा सांसद मीन विश्वकर्माले मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताएका छन ।
रुपन्देहीको बुटवलमा गोल्डेन नेपाल मार्केटिङ प्रालिकाे उद्घाटन तथा सम्मान कार्यक्रममा उनले अरु देशबाट सामान मगाई बेचेर मात्र मुलुक समृद्ध बन्न नसक्ने भएकाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्छ । सबै कुरामा प्रतिसष्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनाैट गरेर प्रतिष्पर्धी बनाउनुपर्ने उनले बताए । पुर्व मन्त्रीसमेत रहेका विश्वकर्माले अन्य विभिन्न क्षेत्र छनाैट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिष्पर्धी बनाउनुपर्नेमा उनले जोड दिए । त्यसका लागि परम्परागत नीतिलाई समायानुकूल परिवर्तन गर्नुपर्ने र त्यो सम्भव पनि रहेको बताउँदै उनले सफल हुनका लागि नयाँ काम हाेइन कामलाई नयाँ ढंगबाट गर्नुपर्ने बताए ।
डाइरेक्ट सेलिङ ( प्रत्यक्ष बिक्री ) नराम्राे नभएकाे तर बिगतका दिनले बुझाइमा गलत बनाएकाे बताए । अाफू मन्त्री हुँदा संघिय संसदबाट कार्यविधि नै बनाएर पारित गरेकाले अब भने यस किसिमकाे व्यवसायमा व्यवसायमा ढुक्क भएर लाग्न पूर्व मन्त्रीसमेत रहेका उनले अाग्रह गरेका छन् । गाेल्डेन नेपाल मार्केटिङ प्रालि इजाजत प्राप्त कम्पनी भएकाले यसले गुणस्तर , बजार , मूल्य र परिमाणलाई निरन्तरता दिन जरूरी रहेकाे बताएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद भोज प्रशाद श्रेष्ठले मुलुकलाई साँच्चै समृद्ध बनाउने हो भने अब व्यवसायीले व्यापारसँगै उद्योग सञ्चालनको दिशामा पनि सोच्नुपर्ने बेला आएको उनले उल्लेख गरे
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले स्वदेशी उत्पादनमा जोड दिन सके वैदेशिक रोजगारीको निर्भरता कम हुने बताएका छन । साथै उनले समाज परिवर्तनका लागि आर्थिक परिवर्तन हुनुपर्नेमा जोड दिदै अब हरेक गृहिणीलाई उत्पादनमा जाेड्नुपर्ने बताए । चन्द्र महतकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर राजेश थैवले कम्पनीको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रममा मिलन थापाकाे अध्यक्षता रहेकाे थियाे ।
कार्यक्रममा गाेल्डेन नेपाल मार्केटिङ प्रालिमा सकृयतापूर्वक काम गर्नेहरूलाई विभिन्न विधामा सम्मान गरिएकाे थियाे ।
प्रकाशित मिति : आइतबार, असार ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्