इन्धनको मूल्य फिर्ता नलिए अत्यावश्यक निर्माण परियोजना बन्द गर्ने महासंघको चेतावनी

इन्धनको मूल्य फिर्ता नलिए अत्यावश्यक निर्माण परियोजना बन्द गर्ने महासंघको चेतावनी

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले लगातार इन्धनको मुल्यमा भएको भारी वृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको जनाएको छ।

 

इन्धनमा गरिएको मुल्य वृद्धिले निर्माण सामग्रीहरुको समेत अत्याधिक भाउ बढ्न गई निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। इन्धनको मुल्य तत्काल फिर्ता नलिए मुलुकभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु र अत्यावश्यक निर्माण परियोजनाहरु समेत बन्द गर्ने महासंघको चेतावनी छ।

साथै उसले यसअघि स्थगित आन्दोलनका कार्यक्रमसहित एक हप्ताभित्रै विरोधका थप सशक्त कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ। पछिल्लोपटक पेट्रोलमा एकै पटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ वृद्धिले रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको महासंघको भनाइ छ।

निरन्तर इन्धनको मूल्य बढिरहे पनि निर्माण व्यवसायीहरुलाई कुनै राहत नदिएर सरकारले समग्र निर्माण उद्योगको विकासप्रति नै उदासीनता देखाएको महासंघको ठहर छ। ‘अप्रत्याशित रुपमा निरन्तर भइरहेको मुल्य वृद्धिले घर जमीन तथा अन्य जायजेथा धितो राखेर निर्माण व्यवसायमा लागेका देशभरका हजारौं निर्माण व्यवसायीहरु, निजका परिवार र निजमा आश्रित लाखौं श्रमिकहरुको बिचल्ली हुने निश्चित छ।’ विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति : मंगलबार, असार ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij