लुम्बिनीको संचार र प्रहरी सेवा विधेयक समितिबाट पारित

लुम्बिनीको संचार र प्रहरी सेवा विधेयक समितिबाट पारित

बुटवल

लुम्बिनी प्रदेशको प्रदेश प्रहरी सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र संचार माध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक बिषयगत समितिबाट पारित भएको छ ।

 

आज बसेकाे प्रदेश मामिला तथा कानुन समितिकाे बैठकले दुवै विधेयक दफावार छलफल पछि परिमार्जन सहित पारित गरेको समिति सभापति दामा कुमार शर्माले जानकारी दिइन् ।

 

दुवै विधेयकमाथि बिषय विज्ञहरूका साथै सराेकारवालाहरूसँग व्यापक छलफल र सुझावहरूलाई समेटेर समितिले पारित गरेको सभापति शर्माले बताइन् ।

 

समितिबाट पारित गरेको प्रतिवेदन सहितको विधेयक आजै प्रदेश सभाको वैठकमा पेस गर्ने तयारी भएको समिति सचिव राधा राेकाले जानकारी दिइन् ।

प्रकाशित मिति : बुधबार, असार १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij