प्युठान,
प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ्ग लागेर दुई बालकको मृत्यु भएको छ ।
चट्याङ्ग लागेर घाइते भएका स्थानीय ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । चट्याङ्ग लागेर ऐरावती गाउँपालिका–६ का ५ जना र वडा नम्बर–१ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएका छन् ।
घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ्गका कारण यसवर्ष वैशाखयता ४३ जनाको मृत्यु भएको छ ।
७५ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्