कपिलवस्तु ।
कपिलवस्तुको पत्थरकोट–अर्घाखाँची सडक खण्डमा मिनी ट्रकसहित अवैध युरिया मल र चिनी बरामद गरिएको छ।
तौलिहवाबाट अर्घाखाँची तर्फ जाँदै गरेको मिनि ना च ख ८१०८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा विना भन्सार र विना विल ढुवानी गरिएको १७० बोरा युरिया मल र ३० बोरा चिनी बरामद गरिएको प्रहरी नायब उपरिक्षक जेसी शाहले बताए।
पत्थरकोटस्थित खटिएको प्रहरी टोलिले गोरुसिङे अर्घाखाँची सडक खण्डमा अन्दाजी १३ लाख ७५ हजार रूपैयाँ बराबरको अवैध सामानहरु बरामद गरिएको उनले बताए। बरामद सामान र ट्रक आवश्यक कारबाहीको लागि सुठौली भन्सार कार्यलय कपिलवस्तु पठाइएको उनले ko बताए।
प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्