काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ६ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२ हजार ६ सय १५ जनाको नमूना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण देखिएको हो । थप ३१ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप ४३ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असार २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्