काठमाण्डाै – प्रतिनिधि सभामा उपसभामुखको चुनाव पर्सि ३१ गते शुक्रवार हुने भएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको मिति तोक्नु भएको हो ।
२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन । नेकपा एमालेबाट उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ ।
सरकारले उपसभामुखको चुनाव गर्नुको साटो संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएको भन्दै सत्तारूढ दलहरूबाटै विरोध भएको थियो । सांसदहरूले पटक–पटक उपसभामुखको चुनावी प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दा पनि सभामुख सापकोटाले निर्वाचन प्रक्रिया सुरु गर्नुभएको थिएन ।
असार ३० गते बिहीवार बिहान ११ बजेदेखि दिउँसाे १ बजेसम्म प्रतिनिधि सभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियाेस् भनी प्रस्तावकाे सूचना दर्ता गर्ने विज्ञप्तिमा उल्लेख छ । त्यही दिन साढे १ बजे दर्ता भएका उम्मेदवारीकाे सूचनाकाे दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने र र ३१ गते शुक्रवार दिउँसाे ३ बजे बैठकमा उपसभामुखमा निर्वाचित गरियाेस् भनी प्रस्ताव पेस गरिने भएकाे छ ।
यस्ताे छ कार्यसूची–

अन्तिम अपडेट: अ
प्रकाशित मिति : बुधबार, असार २९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्