काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आउँदाे दिनमा पालिका चुनावकाे नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम गर्नुपर्ने माग उठेको छ ।
बुधवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भाेलि बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेपछि पार्टीले निष्कर्ष निकाल्ने बताउनु भयो । उहाँले जनाधारलाई मध्यनजर राखेर गठबन्धनलाई अघि लैजानुपर्ने कुरामा आज केन्द्रीय सदस्यहरुले जोड दिएको बताउनु भयो ।
प्रवक्ता महतले पार्टीको भ्रातृ संरचना र सङ्गठनहरुलाई पूर्णता दिने र आउँदाे प्रदेश र सङ्घको चुनावका लागि नयाँ अभियान सुरु गर्नुपर्ने कुरा पनि उठेको बताउनु भयो । उहाँले पार्टी भित्रका असन्तुष्टिहरु पार्टीभित्र नै कुराहरु अभिव्यक्त गर्नुपर्ने कुरा पनि छलफल भएको बताउनु भयो । त्यस्तै सरकारका एकवर्षे कामहरुको बारेमा पनि छलफल भएको बताउनु भयो ।
प्रवक्ता महतले महँगी, मूल्यवृद्धि, मलखादको अभावका बारेमा सरकार गम्भीर बनेर आउँदाे चुनाव लक्षित हुनुपर्ने माग बैठकमा उठेकाे बताउनु भयाे
प्रकाशित मिति : बुधबार, असार २९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्