प्रचण्ड ३ दिने भ्रमणका लागि भारत जाँदै

प्रचण्ड ३ दिने भ्रमणका लागि भारत जाँदै

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमण जाँदै छन् ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् ।

डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार  त्यसक्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिकरुपमा भ्रमण तय भएको हो ।

प्रचण्डको भारत भ्रमणबारे बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो ।

प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij