कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीले धारणा राख्ने

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीले धारणा राख्ने

काठमाडौँ, ११ चैत प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकमा । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुनेछ ।

आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।

यसअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखेका थिए । गत बिहीबारको बैठकमा केन्द्रीय सदस्यले भनाइ राख्ने क्रम सकिएपछि आज पदाधिकारीले धारणा राख्ने भएका हुन् ।

केन्द्रीय सदस्यहरूले लोकप्रिय हुने पार्टीको आलोचना गरेको र गुटको बैठकमा सहभागी भएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए । साथै उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीबारे  पनि प्रश्न उठाएका छन् ।

पदाधिकारीले आजदेखि केन्द्रीय सदस्यले उठाएका यिनै विषयमाथि धारणा राख्नेछन् । कांग्रेसमा सभापति,उपसभापति,महामन्त्री र सह-महामन्त्री गरी १४ जना पदाधिकारी रहेका छन् । जसमध्ये कोषाध्यक्ष भने सभापति शेरबहादुर देउवाले हालसम्म मनोनीत गरेका छैनन् ।

प्रकाशित मिति : शनिबार, असार ३२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij