JanataToday.com

Advertisment

SKIP THIS

महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने

महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो ।

एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान सहभागी हुँदैछन् ।

नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा भएको साफमा फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : आइतबार, साउन ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij