JanataToday.com

Advertisment

SKIP THIS

नेपालले माल्दिभ्सलाई ४–० ले हरायाे

नेपालले माल्दिभ्सलाई ४–० ले हरायाे

काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएकाे छ ।

भारतको भुवनेश्वरमा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएकाे हाे । पहिलाे हाफमा एक गाेल गरेकाे नेपालले दाेस्राे हाफमा थप तीन गाेल गरेकाे हाे ।

नेपालका लागि खेलको ४२ औँ मिनेटमा दीपेश गुरुङ, ५७ औँ मिनेटमा सुगम सुवाल, ६२ औँ मिनेटमा आयुष घलान र ९४ औँ मिनेटमा मनग्य नकर्मीले गोल गरे ।

आजै हुने अर्को खेलमा बेलुका ७ बजे श्रीलङ्का र बङ्गलादेश खेल्ने छन् । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ ।

नेपालले अर्को खेलमा पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदाे आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदाे मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : सोमबार, साउन ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij