रोट¥याक बुटवल साउथको पदस्थापन सम्पन्न 

रोट¥याक बुटवल साउथको पदस्थापन सम्पन्न 

बुटवल

रोट¥याक क्लव अफ बुटवल साउथको १९ औ पदस्थापन तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लवको रोट्रा बर्ष २२–२३ का लागी निर्वाचित अध्यक्ष भुपेन पाण्डेलाई बर्ष २१–२२ का अध्यक्ष अमृत भुषालले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए ।

पदहस्तान्तरण गर्दै क्लवका निर्वतमान अध्यक्ष अमृत भुषालले आफ्नो कार्यकालमा गरेका विभिन्न कार्यक्रमको जानकारी दिदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । उनले क्लवको आफ्नो कार्यकाल भरी झण्डै ६५ वटा भन्दा बढी कार्यक्रम गर्न सफल भएको जानकारी दिए । सो अवसरमा क्लवका कोषाध्यक्ष युवारज अर्यालले कोषाध्यक्षको प्रतिवेदन, सचिव सुविन खड्काले सचिवको प्रतिवेदन पेश गरेका थिए ।

नेपाल निमार्ण व्यवसायी संघका बुटवल शाखा प्रमुख सहदेव थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एम्बेस्डर अफ डिष्ट्रिक रोट¥याक रिप्रिजेन्टेटिभ रेशम खड्काले नवनिर्वाचित अध्यक्ष तथा बोर्ड पदाधीकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । पद तथा गोपनियताको सपथ ग्रहण गर्दै क्लवको यस रोटरी बर्षका लागी निर्वाचित अध्यक्ष भुपेन पाण्डेले आफ्नो कार्यकालको रोटरी बर्षलाई सुनौलो बर्षको रुपमा लैजाने बताए । उनले रोटरी र रोट¥याकको अन्तराष्ट्रिय मुल्य मान्यता र उद्धेश्य बमोजीम रहेर विभिन्न रचनात्मक र युवा लक्षीत कार्यक्रमहरु सम्पन्न गर्ने बताए । क्लवको सचिवमा युवराज अर्याल र कोषाध्यक्षमा राहुल न्यौपाने मनोनित भएका थिए ।

कार्यक्रममा बोल्दै रोट¥यक बर्ष २०२२–२३ का लागी नेपाल भुटानका डिआरआर लक्ष्मण खरेलको, रोटरी क्लव अफ बुटवल साउथका सस्थाापक अध्यक्ष प्रा. डा. रामचन्द्र आाचार्य, पुर्व अध्यक्ष टंक नाथ अधिकारी, रोट¥याक जोन २१ का संयोजक प्रज्जवल भुषाल लगायतले नवनिर्वाचित बोर्डका पदाधीकारीलाई शुभकामना दिएका थिए ।

रोट¥याक क्लव अफ बुटवल साउथका उपाध्यक्ष सुदिप पौडेलको स्वागत रहेको कार्यक्रमको संचालन क्लवका सचिव युवराज अर्यालले गरेका थिए ।

प्रकाशित मिति : आइतबार, साउन १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij