काठमाण्डाै – गृह मन्त्रालयले नागरिकता प्रमाणपत्र जारी गर्दा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले आज साेमवार विज्ञप्ति निकालेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको हो । यस्तै मन्त्रालयले यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्याएर सच्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
विभिन्न जिल्लामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग हुँदा समस्या परेको खबरहरू सार्वजनिक भएपछि हिजो आइतवार संसदमा समेत यसबारेमा कुरा उठेको थियो ।
प्रकाशित मिति : सोमबार, साउन २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्