तिलोत्तमा नगरपालिकामा डेङ्गु नियन्त्रण अभियान सुरु

तिलोत्तमा नगरपालिकामा डेङ्गु नियन्त्रण अभियान सुरु

तिलोत्तमा
डेङगुका बिरामी फेला परेको अबस्थालाए मध्यनजर गर्दै तिलोत्तमा नगरपालिकाले डेङ्गु नियन्त्रण अभियान सुरु गरेको छ।
नगरपालिकाको स्वास्थ्य शाखाले डेङगुको संक्रमण देखीन थालेको अबस्थालाई रोकथाम गर्नको लागि अभियान सुरु गरिएको हो ।
महामारीको रुपमै फौलिएपछि अहिले डेङगुका संक्रमीत जतातै भेटिन थालेका छन ।
डेङगु नियन्त्रण गर्नका लागी तिलोत्तमा नगरपालिकाले सनिवारबाट सचेतना सहित लार्भा नष्ट गर्ने अभियान समेत सुरु गरेको छ ।
तिलोत्तमा वडा नं ५ मणिग्राम बाट सुरु गरिएको यो अभियानको सुभारम्भ नगर प्रमुख राम कृष्ण खाणले गरेका छन् ।
सनिवार वडा नं ५ का बिभिन्न ५ स्थानमा लामखुट्ेको बासस्थान पहिचान गरि लार्भा परिक्षण गर्दा डेङगु सार्ने लामखुट्टे नभेटिएको वडा अध्यक्ष रमेश डुम्रेले बताए ।
अभियानमा बिभिन्न खाल्डाखुल्डि क्षेत्रमा गएर काम नलाग्ने पलास्टिक व्यवस्थापन र सरसफाइ गरिएको
नगरपालिकाले जनाएको छ ।
प्रयोगबिहिन टायरलाई पलास्टिक अन्य बस्तुहरुले अव्यवस्थित बनाई पानी जमाएर राखीने भएकोले त्यहाँबाट डेङगु फैलन सक्ने भन्दै त्यस्ता बस्तुहरुलाई सरसफाइ गरि बरामत गर्ने अभियान सुरु गरिएको हो।

प्रकाशित मिति : शनिबार, भाद्र ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij