काठमाण्डाै – चुनावमा हरेक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ ।
आज साेमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रस्तावित आचारसंहितामा गाडी प्रयोग गर्दा अपनाउनुपर्ने आचरणअन्तर्गत कसले हेलिकप्टर प्रयोग गर्न पाउने र कसले नपाउने भन्ने उल्लेख गरिएकाे छ ।
आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने र त्यस्ता प्रचारकमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिकामा रहेका पदाधिकारी भने रहन नपाउने भनिएको छ । तर कुनै पनि मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीलाई मुख्य प्रचारकको रूपमा अनुमति नदिइने आचारसंहितामा उल्लेख छ ।
प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलको मिश्रित सल्लाह, सुझाव आएको जानकारी दिनुभयो । उहाँले आयोगले राजनीतिक दलका सबै सुझावलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताउनुभयो । चुनावका लागि आयोगले तयार गरेको आचारसंहितामा एमालेले १३ बुँदे सुझाव दिएको छ । एमालेले चुनावाको मौन अवधि २४ घन्टा बनाउनुपर्ने, निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै नभइ आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्नेलगायतमा सुझाव दिएको छ ।
यस्तै आयाेगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा धेरै मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । चुनावमा मतदातालाई अनेकौँ प्रलोभन पार्ने तथा सांसदहरूले नै चुनाव लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचारप्रसारका लागि २५ जनाभन्दा बढी जान नपाउने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, भाद्र ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्