काठमाडौं : सत्ता गठबन्धनको बैठक सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिपछि अहिले निर्णायक छलफलका लागि बैठक बसेको हो।
नेताहरूले आ-आफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटक-पटक निष्कर्षविहीन बन्दै आएको छ।
नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ।
कांग्रेस नेताहरूले सार्वजनिक रूपमै १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने चेतावनी दिइसकेका छन्।
गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक कार्यक्रममै आफूहरूले प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभामा १२० सिट दाबी गर्ने बताएका थिए।
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्