सरकारी अस्पतालहरुको सेवा थप सहज र प्रभावकारी बनाउन समितिको निर्देशन

सरकारी अस्पतालहरुको सेवा थप सहज र प्रभावकारी बनाउन समितिको निर्देशन

बुटवल

लुम्बिनी प्रदेश सभाको सामाजिक विकास समितिले सरकारी अस्पतालहरुको सेवा प्रवाहलाई थप सहज, ब्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

शुक्रबार बसेको प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिब डा.विकास देवकोटा लगायतका अधिकारीहरु सहितको बैठकले उक्त निर्देशन दिएको हो ।

 

बैठकले सरकारी अस्पतालहरुको सेवा प्रवाहलाई थप सहज र ब्यवस्थित बनाउन र कोभिड–१९ बाट मृत्यु भएका परिवारले प्राप्त गर्ने राहत रकम प्राप्त गर्न बाँकी रहेका परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको समितिका सचिब गिरीराज खनालले जानकारी दिए ।

 

समितिका सभापति बाबुराम गौतमको सभापतित्वमा बसेको बैठकमा समितिका सदस्य समेत रहेका प्रदेश सभा सदस्यहरु डा.पुरनमान बज्राचार्य,अर्जुन कुमार केसी,दीपा बिक, पुष्पा थरुनी र कमलादेबी बिकले सरकारी अस्पतालहरुबाट प्रदान गरिने सेवा प्रवाह सेवाग्राहीमैत्री नभएको भन्दै अस्पतालबाट सेवा प्रवाह गर्दा बिनम्रतापूर्वक गर्नुपर्नेमा जोड दिएका थिए ।

 

सरकारी अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबाट सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीहरुसँग गर्ने ब्यवहार राम्रो नभएको र अस्पतालका शौचालयहरु दुर्गन्धित हुने गरेको भन्दै उनिहरुले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको ब्यवहार सुधार गर्नुपर्ने बताए ।

 

सरकारी स्वास्थ्य संस्थाहरुको शौचालय सफा सुग्घर बनाउने ब्यवस्था मिलाउन समेत मन्त्रालयका सचिब तथा अधिकारीहरुलाई सुझाव दिए ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij