तीन हप्तामा २९ जना श्रमिकले प्रत्यक्ष रूपमा राखे श्रम मन्त्रीसँग आफ्नो समस्या र गुनासो

तीन हप्तामा २९ जना श्रमिकले प्रत्यक्ष रूपमा राखे श्रम मन्त्रीसँग आफ्नो समस्या र गुनासो

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आज आइतबार ९ जना श्रमिकको समस्या सुन्नुभएको छ ।

श्रम मन्त्रालयले प्रत्येक आइतबार सञ्चालन गर्दै आएको श्रमिकसँग श्रम मन्त्री कार्यक्रम अन्तर्गत आज मन्त्री कुँवरले प्रत्यक्ष रूपमा ९ जना श्रमिकको समस्या र गुनासो सुन्दै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने कार्यक्रममा श्रमिकहरूले फोन लगायतका माध्यममार्फत भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र पारेको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरू राखेका थिए ।

यी गुनासाहरू सुनेपछि मन्त्री कुँवरले श्रम मन्त्रालयले नै तत्काल समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ ।

‘वैदेशिक रोजगारीमा पठाउने भन्दै जताततै ठगीमा परेको भन्ने गुनासा आउँछन् तर आवश्यक प्रमाण नहुँदा कारबाही गर्न भने समस्या भएको छ,’ मन्त्री कुँवरले भन्नुभयो ‘म तपाईँहरू सबैलाई म्यानपावर वा एजेण्ट कसैलाई पनि पैसा दिँदै हुनुहुन्छ भने वैदेशिक रोजगारीमा जानका लागि दिएको हो भन्ने प्रमाण राखेर मात्र पैसा दिनुहोस् ।’

पछिल्लो समय विभिन्न माध्यममार्फत ठगीमा परेको भन्ने गुनासो बढेको पनि श्रम मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म मन्त्री कुँवरले तीन हप्तामा २९ जना श्रमिकको समस्या सुन्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूले आफ्नो समस्या र गुनासो श्रम मन्त्री कुँवरसँग प्रत्यक्ष रूपमा राखेका छन् ।

श्रम मन्त्रीलाई प्रत्यक्ष रूपमा गुनासो राख्ने श्रमिकको समस्यालाई तत्काल सम्बोधन गर्न मिल्ने भए तत्काल र अन्य निकायसँग समन्वय गरेर समाधान गर्न पर्ने भएमा वैदेशिक रोजगार बोर्ड र विभागसँग पनि समन्वय गरेर समाधान गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij