रुपन्देही
रोटरी क्लब अफ तिनाउ बुटवल र रोट¥याक क्लब अफ तिनाउ बुटवको संयुक्त आयोजनामा एक दिने दन्त परिक्षण शीविर कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा अवस्थित हाम्रो सगरमाथा आधारभुत विद्यालयमा दन्त शीविर कार्यक्रम गरिएको हो । शीविर कार्यक्रममा उक्त बिद्यालयमा कक्षा १ देखि कक्षा ४ सम्म अध्यानरत ८५ जना बिद्यार्थीहरुको मुख गीजा तथा दाँत परिक्षण गरिएको थियो । २७ जना बिद्यार्थीहरुको किरा लागेको र दाँत फेरीनलाई हल्लिएको दात निकाल्नुका साथै प्राथमिक उपचार गरिएको हो । उपकरणसहित दाँँत तथा गीजाको उपचार गर्नुपर्ने विद्याथीहरुका लागि भने अभिभावकसंगको सहकार्यमा गरिने गरि विद्यालयका शिक्षकलाई व्यवस्थापनका लागि जिम्मा दिईएको छ । शीविर कार्यक्रमको सहजीकरण डेन्टल सर्जन डाक्टर सन्दीप पौडेलले गर्नुभएको थियो,मुख,दाँत र गीजाको जाच पश्चात समापन कार्यक्रममा बोल्दै दाँत तथा गीजालाई स्वस्थ राख्नका लागि नियमित सरसफाईमा ध्यान दिन आवश्यक भएको बताउनु भयो ।
शीविर कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २९ एवं रोटरी क्लव तिनाउका एसिस्टेन्ट गर्भनर रोटरीयन राजुदेवी खनालले क्लवले रोटरीले गर्ने सात परिधिभित्रको एक कार्यक्रम स्वास्थ्य अन्र्तगत दाँत तथा मुखको परिक्षण एवं उपचार गरि महात्वपूर्ण कार्य गरेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण पौडेलले स्वास्थ्यको पहुचमा नभएका विद्यार्थीहरुलाई स्वास्थ्य सेवा प्रदान गरि रोटरी क्लव अफ तिनाउ बुटवलले लक्षित वर्गले प्रत्यक्ष लाभ लिने कार्य गरेकोमा क्लवलाई धन्यबाद व्यक्त गर्नु भयो ।
हाम्रो सगरमाथा आधारभुत विद्यालयमा मुख,गीजा तथा दाँत सम्बन्धी पहिलो पटक कार्यक्रम संचालन भएकोमा खुशी व्यक्त गर्दै क्लवप्रति आभार प्रकट गर्नु भयो । विद्यार्थीले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने यस्ता कार्यक्रम आगामी दिनमा विद्यालयले पनि स्वयम आयोजन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
रोटरी क्लव अफ तिनाउ बुटवलका अध्यक्ष रोटरीयन कल्पना तिवारीको अध्यक्षता,कार्यक्रमका संयोजक रोटरीयन लक्ष्मी पौडेलको स्वागत तथा सचिव रोटरीयन अनिता भुसालको संचालनमा सम्पन्न कार्यक्रममा क्लबका निर्बतमान अध्यक्ष रोटरीयन प्रतिमा भट्टराईले आरसी तिनाउले हरेक वर्ष हाम्रो सगरमाथा आधारभुत विद्यालयमा आवश्यक शैक्षिक सामाग्री तथा विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनु भयो । कार्यक्रममा रोटरीयन,रोट¥याक र ननरोटरीयन गरी १५० जनाको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्