संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाण्डौ ।

सरकारले भोलि शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । यसअघि राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद रहेको थियो । सरकारले आउँदो चुनावबाट गठन हुने संसद्को पहिलो बैठक बस्नु अघिसम्म यो संसद्को कार्यकाल कायम हुने गरी कानुन संशोधन गर्न संसदमा विधेयक ल्याएकोमा विरोध भएपछि फिर्ता लिएको थियो ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आउँदो आइतवार र सोमवारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्थाअनुसार भोलि राति १२ बजेपछि संसद्को कार्यकाल सकिँदैछ ।

सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसदमा रहेका २७ वटा विधेयक निष्क्रिय हुने भएका छन् । यसैबीच प्रतिनिधि सभाको अन्तिम बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij