माओवादीले बुझायाे समानुपातिक सूची, बाबुरामकाे पार्टीबाट ५ जनाकाे नाम

माओवादीले बुझायाे समानुपातिक सूची, बाबुरामकाे पार्टीबाट ५ जनाकाे नाम

काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि बन्दसूची बुझाउनका लागि ठूला दलहरू निर्वाचन आयोगको कार्यालय पुगेका छन् । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ ।

आज महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर सूची बुझाउनुभएको हो । पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम प्रतिनिधि सभाको बन्दसूचीमा राखिएको छ ।

प्रतिनिधि सभामा भट्टराईको पार्टीका पाँच जनासहित एक सय १० र प्रदेश सभामा दुई सय २० गरी तीन सय ३० जनाको नाम पेस गरिएको महासचिव गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, असोज ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij