दलहरूले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाए

दलहरूले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाए

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

सोमवार आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलहरूले आउँदाे चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् । आयोगले आइतवार र सोमवार गरी दुई दिन समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । त्यही समयावधिभित्र राजनीतिक दलहरूले उम्मेदवारहरूको बन्दसूची आयोगमा पेस गरेका छन् । सत्तारूढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् ।

उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा नेपाली कांग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरू रहेको बताउनु भयो । उहाँले नेपाली कांग्रेस उत्साहका साथ चुनावमा लागेकाे उल्लेख गर्दै जनताले आफ्नाे पार्टीलाई बहुमत लक्षित दलको रूपमा भोट दिने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफ्नाे पार्टीकाे तर्फबाट नेपाल समाजवादी पार्टी डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई पाँच सिटसहित प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० उम्मेदवारको सूची बुझाएको बताउनुभयो । उहाँले विगतमा समानुपातिक प्रदेश वा सङ्घबाट समानुपातिक भइसकेका, राष्ट्रिय सभामा एक कार्यकाल बसिसकेका, पहिलो र दोस्रो संविधान सभामा मनोनिततर्फ प्रतिनिधित्व गरिसकेका र पालिकामा निर्वाचित एवम् चुनावमा हारेकाहरूलाई बन्दसूचीमा नराखेको बताउनुभयो । पार्टीले विशेष जोड युवालाई दिएको उहाँकाे भनाइ छ ।

त्यस्तै राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले एक सय १० वटै बन्दसूचीका नाम पेस गरेको बताउनुभयो । उहाँले केन्द्रीय पदाधिकारीहरू सबै प्रत्यक्षमा चुनाव लड्ने बताउनुभयो ।

प्रतिनिधि सभामा समानुपातिक पद्धतिबाट एक सय १० जना र सात वटा प्रदेश सभामा दुई सय २० जना उम्मेदवार हुनेछन् । समानुपातिक पद्धतिमा मतदाताले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट सांसद निर्वाचित हुन्छन् ।

प्रकाशित मिति : सोमबार, असोज ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij