संविधानमाथि राष्ट्रपतिबाट नै आक्रमण : गृहमन्त्री खाँण

संविधानमाथि राष्ट्रपतिबाट नै आक्रमण : गृहमन्त्री खाँण

बुटवल

गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको आरोप लगाएका छन।संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने स्पष्ट लेखे पनि सरकारले अगाडि बढाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्दा लाखौं नागरिक अनागरिक बन्न पुगेका उनले बताए । देशका शासक र प्रशासक मुलुकका सेवक हुन भन्ने भावनाको विकास हुन जरुरी रहेको बताउदै 
संविधानको अक्षेरश पालना नहुदा सम्म मुलुकमा शुसासन नआउने बताए।

राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको आरोप लगाए ।

नेपालको संविधानले कुनै पनि नागरिकलाई अनागारिक हुने छैनन् भनी गरेको व्यवस्थालाई राष्ट्रपतिले नागरिकता विधेयक रोकिँदिंदा लाखौं नागरिक सम्बैधानिक व्यवस्थाको पालनावाट बन्चित हुन परेको तितो सत्य हो उनले भने।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको पाँचौं स्थापना दिवसलाई सोमबार बुटवलमा सम्बोधन गर्दै गृहमन्त्री खाँणले २०७८ साल जेठ २७गते केपीशर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई नै आफूहरुले जस्ताको तस्तै अगाडि बढाएको बताए।

मुलुकका एक जना पनि नागरिकले नागरिकता विहीन हुँदा गृहमन्त्रीको नाताले आफूले त्यसको जवाफ दिनुपर्छ भन्दै गृहमन्त्री खाँणले नागरिकताको पखाईमा रहेका लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरु जवाफदेही हुनु जरुरी रहेको चेतावनी दिए ।

नागरिकता नहुँदा शिक्षादेखि बैंकमा खाता खोल्न समेत बञ्चित हुनुपरेको खुलासा गरे ।

गृहमन्त्री खाँणले मंसिर ४ गते हुने निर्वाचन वितेको स्थानीयतहको निर्वाचन जस्तै स्वच्छ र धाँधलीरहीत रुपमा सम्पन्नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सञ्चार तथा कानुनमन्त्री तिलकराम शर्माले संघियताको सही कार्यान्वयन अझै हुन नसकेको भन्दै त्यसतर्फ गम्भिर हुन जरुरी रहेको बताए ।

नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले मुलुकको अर्थतन्त्रका बारेमा बहश चलाउन जरुरी रहेको औल्याए।

,राससकापूर्व अध्यक्ष बालकृष्ण चापागाई, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषिधमला लुम्बिनी प्रदेशका सञ्चार तथा कानुन मन्त्रालयका सचिव मलधमला रिपोर्टर्स क्लब नेपाल लुम्बिनी संयोजक रामकुमार क्षेत्रीलगायतले संघियता र शुसासनका लागि सवैले दयित्व पूरा गर्न आवश्यक रहेको औल्याए ।

सोही समारोहमा पत्रकार रेखा भुसाल र रामप्रसाद आचार्यलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, असोज १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij