प्रेस युनियनद्धारा शुभकामना आदान–प्रदान तथा सम्मान

प्रेस युनियनद्धारा शुभकामना आदान–प्रदान तथा सम्मान

बुटवल
नेपाल प्रेस युनियन रुपन्देहीले विजया दशमी,तिहार,छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार बुटवलमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्याक्रममा नेपालीहरुको मौलिक चाड पर्वको आ आफ्नै मौलिकता रहेको भन्दै मौलिक संस्कृतिको संरक्षण गर्नेगरी चाड पर्व मनाउनुपर्ने कुरामा जोड दिए ।

May be an image of 3 people, people sitting and people standing

प्रेस युनियन रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगा शाहीको प्रमुख आतिथ्यता नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्णको खाण बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस युनियन रुपन्देही उपसभापति कबिन्द्र नेपाल,कार्यबाहक सचिब कल्पना तिवारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

May be an image of 7 people and people standing

सो अवसरमा हालै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएकी गंगा शाही,प्रेस युनियनको केन्द्रीय सदस्यमा निर्वाचित विजय पोखरेल र फुलु सुनारलाई सम्मान गरिएको थियो ।

May be an image of 4 people and people standing

May be an image of 5 people and people standing

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु,पार्टीका सुभेच्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकारितासँग सम्बन्धित बिभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : शनिबार, असोज १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij