काठमाडौं : इन्डोनेसियामा एक फुटबल खेलमा हिंसा भड्किएपछि भएको भागदौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएको छ। १८० भन्दा धेरै व्यक्ति घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
गए राति पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कान्जुरुहान स्टेडियममा इन्डोनेसियाको बीआरआई लिग १ को फुटबल खेलको क्रममा उक्त घटना भएको हो।पूर्वी इन्डोनेसियाको जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेलपछि हारेको पक्षका समर्थकहरूले मैदानमै पसेर आक्रमण गरेको बताएका छन्।
हिंसा भड्किएपछि प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो। हिंसामा मैदानभित्रै ३४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् हिंसापछि लिगले एक साताका लागि खेलहरू स्थगित गरेको छ। समर्थकहरुले गरेको कार्यप्रति फुटबल संघले खेद व्यक्त गर्दै पीडित परिवार र सबै पक्षहरूसँग क्षमा मागेको छ ।
प्रकाशित मिति : आइतबार, असोज १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्