कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो, आयोगमा बुझाउने जिम्मा मुख्य सचिवलाई

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो, आयोगमा बुझाउने जिम्मा मुख्य सचिवलाई

काठमाडौं । समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

‘लगातार २४ घण्टा बसेको बैठकमा सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्छ,’ नेपाली कांग्रेसका एक पदाधिकारीले भने । सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने सार्वजनिक हुन बाँकी छ ।

एक उच्च तहका नेताका अनुसार संशोधन गरिएको सूची सभापति देउवाले भनेजस्तै पनि नभएको र नेता शेखर कोइराला समूहले भने जस्तो पनि नभएको बताए ।

निर्वाचन आयोगमा यसअघि बुझाइएको समानुपातिकको बन्दसूची सच्याउन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

सूची संशोधनको क्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम यसअघिको क्रमसंख्याभन्दा तल सारिएको एक नेताले बताए । आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । तर तल सारेर कति नम्बरमा राखियो भन्ने कुरा भने ती नेताले खुलाएनन् ।

यसैगरी अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम बन्द सूचीबाट हटेको छ । यसअघि उनको नाम ३६ औं नम्बर थियो । शेर्पा आफैंले आफ्नो नाम सूचीबाट हटेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा असहमति जनाउँदै संशोधनका लागि दबाव दिएको थियो । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट थियो । कोइराला पक्षले ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेको थियो ।

प्रकाशित मिति : आइतबार, असोज १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij