काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि निर्देशन दिनुभएको छ ।
गृह मन्त्री खाणले हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थामा तत्काल प्रयोग गर्न पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले सुरक्षा निकाय र प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सरकारको मुख्य दायित्व नागरिकको जिउ–धनको रक्षा गर्नु रहेको भन्दै विपदमा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।
गृह मन्त्री खाणको निर्देशनपछि नेपाली सेनाका दुई वटा हेलिकप्टर सुर्खेतमा तैनाथी अवस्थामा रहेका छन् । निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार, उपचार, पुनर्स्थापना र राहतको व्यवस्था गर्न पनि गृह प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ ।
प्रकाशित मिति : शनिबार, असोज २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्