काठमाण्डाै – निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि दलहरुले बुझाएको सूचीको अध्ययन गरेर आयोगले उम्मेदवारकाे अन्तिम सूची सार्वजनिक गरेको हो ।
बन्द सूचीमा प्रदेश र सङ्घका गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको नामावली रहेको छ । अब यो सूचीमा रहेका उम्मेदवारले आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
आयोगले प्रतिनिधि सभातर्फ प्रदेश एकमा ६ सय ६१ जना, मधेस प्रदेशमा ९ सय ४८, वाग्मतीमा ८ सय २५, गण्डकी प्रदेशमा ३ सय ६८, लुम्बिनीमा ६ सय ५७, कर्णालीमा २ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ सय ७६ जनाको नाम बन्दसूचीमा रहेको जनाएको छ ।
प्रदेश सभासहित बन्दसूचीमा रहने उम्मेदवारको सङ्ख्या ६ हजार ४ सय ९३ जना रहेको छ ।
प्रकाशित मिति : आइतबार, असोज २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्