गाेरखा – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्कमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले आज आइतवार सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ताका क्रममा प्रचण्डको साथमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि हुनुहुन्छ । प्रचण्डकाे प्रस्तावकमा बाबुराम भट्टराई र समर्थकमा कांग्रेस जिल्ला सचिव किशोरजङ थापा हुनुहुन्छ ।
भट्टराई र श्रेष्ठ दुवैको निर्वाचन क्षेत्र गोरखा नम्बर २ हो । तर यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले प्रचण्डलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्ताका लागि प्रचण्डको साथमा गठबन्धन दलका नेता, कार्यकर्ता पनि बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
प्रकाशित मिति : आइतबार, असोज २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्