पौडेल र गुरुङसँग रुपन्देही २ मा जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशी पनि भिड्ने

पौडेल र गुरुङसँग रुपन्देही २ मा जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशी पनि भिड्ने

बुटवल
रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी पनि चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेल र नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङसँगै क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष सूर्यवंशी पनि चुनावी मैदानमा उत्रिएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जनमुक्ति पार्टीले रूपन्देहीको ५ओटै क्षेत्रमा उम्मेदवारी दिएको पार्टीका महासचिब टोप अस्लामी मगरले लुम्बिनीपाटीलाई जानकारी दिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशीको उम्मेदवारीपछि क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

एमाले उपाध्यक्ष पौडेललाई राप्रपा,राप्रपा नेपाल,जनता समाजवादी पार्टीको समर्थन रहेको छ भने एकिकृत समाजवादीका केन्द्रीय सदस्य गुरुङलाई नेपाली कांग्रेस सहित सत्तागठबन्धनको समर्थन रहेको छ ।

प्रकाशित मिति : सोमबार, असोज २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij