आम चुनाव २०७९ : प्रत्यक्षतर्फ ४ सय ९५ प्रकारका ४ करोड थानभन्दा धेरै मतपत्र छापिने

आम चुनाव २०७९ : प्रत्यक्षतर्फ ४ सय ९५ प्रकारका ४ करोड थानभन्दा धेरै मतपत्र छापिने

काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको चुनावका लागि आज बिहीवारदेखि मतपत्र छपाइको काम सुरु भएको छ ।

उम्मेदवारकाे मात्र चुनाव चिह्न रहने गरी प्रत्यक्ष प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि सुरु गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको छ ।

यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै हुने गरी चार सय ९५ प्रकारका मतपत्र छापिने छन् । प्रदेश सभातर्फ तीन सय ३० निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै र प्रतिनिधि सभाको एक सय ३५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै गरी चार करोडभन्दा धेरै मतपत्र छापिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम भने सम्पन्न गरेको छ । आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ गरिसकेकाे छ ।

प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij