कात्तिक १८ गतेभन्दा अघि कोणसभा र आमसभा नगर्न आयोगको चेतावनी

कात्तिक १८ गतेभन्दा अघि कोणसभा र आमसभा नगर्न आयोगको चेतावनी

काठमाण्डौ ।

निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ गतेदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताउनुभयो । यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने उहाँले चेतावनी दिनुभएको छ । निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको पनि आयुक्त भण्डारीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले कोणसभा, आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि विषयमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन, दलका प्रतिनिधिको सहमतिमा समेत बनेको आचारसंहिताले चुनाव हुने दिनभन्दा १७ दिन अघि भनेकोले कात्तिक १८ गतेदेखि मात्रै चुनाव प्रचारप्रसार गर्न पाइन्छ । त्योभन्दा अगाडि चुनाव प्रचारप्रसार गर्ने लगायतका क्रियाकलाप गर्न पाइँदैन भनेर आचारसंहिताले निषेध गरेको छ ।’

यस्तै आयुक्त भण्डारीले अहिले घरदैलोमा जाँदा बढीमा २५ जनासम्मको समूहमा जान सकिने बताउनुभयो । तर घरदैलोमा जाँदा पनि बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने उहाँले बताउनुभयो । अहिले घरदैलोको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी आइरहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, असोज ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij