रुपन्देही–२ का राजु गुरुङको उम्मेदवारी कायमः निर्वाचन आयोग

रुपन्देही–२ का राजु गुरुङको उम्मेदवारी कायमः निर्वाचन आयोग

बुटवल ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी यथास्थितिमा राखेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले गुरुङको उम्मेदवारी दर्ता भएको अवस्थामा मात्र कायम रहने गरी यथास्थितिमा राखेको जनाएको छ । उम्मेदवारी खारेजीबारे निर्वाचन कार्यालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन आदेश दिएकाले उनको उम्मेदवारी यथास्थितिमा राखेको जनाएको छ ।

‘असोज २५ गते यस कार्यालयबाट गरिएको निर्णय कायाएन्वयन नगर्नु नगराउनु भन्ने अदालतको अल्पकालीन आदेश आएकाले राजु गुरुङको उमेदवारी खारेज गर्ने यस कार्यालयको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखिएको छ,’ निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत उदवीर नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन अधिकृत नेपालीले सर्वोच्चले खारेजको निर्णय कार्यान्वयन नगर्नु भनेका कारण असोज २३ कै अवस्थामा राखिएको तर अन्य कुनै प्रक्रिया नगरिएको पनि बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङ चेक बाउन्स प्रकरणमा कालोसूचीमा नाम रहेको भन्दै उम्मेदवारी बदर गरेको थियो। गुरुङले उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार उनको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्चले यस विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij