अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।
भुमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।
भुमिकास्थान नगरपालिकाको धारापानमा रहेको साईन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको ज्यान गएकाे हाे ।
गमाल बाटोदेखि झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बुधवार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उहाँका दाइ भत्ता बुझेर हिँड्दै घर फर्किनु भएको थियो ।
गमाल भिरबाट लडेको अवस्थामा स्थानीयले देखेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्