भैरहवा
गृहमन्त्री बालकृष्ण खाँणले नेपालका सबै हवाई तथा स्थल नाकाहरु सुुव्यवस्थित गर्न सरकार लागिपरेको बताएका छन् । सुुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिबिधि चलायमान गराउन पनि नाका ब्यबस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेकोे उनले जनाए ।
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पाँच दलीय गठबनधनको तर्फबाट रुपन्देही क्षेत्र नं। ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रमलाई बोल्दै हवाई तथा स्थल नाका ब्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र मित्र राष्ट्र छिमेकी मुलुुकहरुबिरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिबिधि रोक्न पनि नाका ब्यबस्थित गर्नुु पर्ने जरुरी रहेको औल्याए ।
उनले नेपालको भूमि प्रयोग गरी दुुई छिमेकी मुलुकविरुद्ध हुनसक्ने गतिबिधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गंभीर ढंगले सरकार अगाडि बढ्ने विश्वास दिलाए । ‘मुलुुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुुकबिरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिबिधि रोक्न पनि नाकाहरु सुुब्यवस्थित गर्नुु पर्ने छ । यसतर्फ सरकार लागिरहेको छ’, उनले भने, ‘निर्वाचन लगत्तै सबै सिमा नाका ब्यबस्थित गर्ने काम सुुरु हुन्छ ।’
प्रकाशित मिति : शनिबार, कार्तिक ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्