आउँदो चुनावमा सेतो रङको पृष्ठभूमि भएको मतपत्र

आउँदो चुनावमा सेतो रङको पृष्ठभूमि भएको मतपत्र

काठमाण्डौ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ ।

प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु विवरणको रङ्ग रातो मसीको रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ ।

यस अघि पालिका चुनावमा मतपत्रको पृष्ठभूमि हरियो बनाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुखसँग रङ मिलेको भन्दै विरोध गर्नुभएको थियो ।

निर्वाचन आयोगले हिजोसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ । तिहारअघि थप छ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ ।

मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुने आयोगले जनाएको छ । अहिलेसम्म प्रत्यक्षतर्फ एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोल्पा, प्युठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिम लगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij