पाल्पा
तिनाउ खोलाले बगाएर पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा तीन वर्षीय मायुस सारुको मृत्यु भएको छ ।
आइतबार दिउँसो दिदीसँग खोलामा नुहाउन गएका सारुको तिनाउ खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खोलामा डुबेर बेपत्ता भएका सारु खोजी गर्ने क्रममा १ हजार ५ सय मिटर तल फेला परेको स्थानीयले बताए ।
लामो समय खोलामा डुबेर बेहोस भएका सारुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्