काठमाण्डाै – सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म खुल्ने भएको छ ।
सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरूपमा बन्द रहने भए पनि शनिवार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।
न्याय प्रशासन ऐन २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरूपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्