समानुपातिकतर्फ लुम्बिनीका लागि ५७९ जना उम्मेदवार

समानुपातिकतर्फ लुम्बिनीका लागि ५७९ जना उम्मेदवार

काठमाडौं।

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१९९ उम्मेदवार रहेका छन् । यसैगरी, प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं।१ का लागि ६१६ जना, मधेश प्रदेशका लागि ८६३ जना, बागमती प्रदेशका लागि ७५४ जना, गण्डकी प्रदेशका लागि ३४४ जना, लुम्बिनी प्रदेशका लागि ५७९ जना, कर्णाली प्रदेशका लागि २०० जना र सुदूरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवारहरू रहेका छन् ।

सो समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरूको नाम सूचीबाट हटाइ यसअघि सार्वजनिक भइसकेको छ ।

उक्त प्रणालीतर्फ लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६४५७ जना उम्मेदवारहरू रहेका थिए ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij