काठमाण्डाै – १५ वर्षमुनिको नेपाली महिला फुटबल टोली आज बङ्लादेश जाँदैछ । बङ्लादेशमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज त्यसतर्फ जान लागेको हो ।
टोलीलाई हिजो बिदाइ गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप कार्तिक १५ गतेदेखि २५ गतेसम्म बङ्लादेशमा हुँदैछ ।
च्याम्पियनसिपमा घरेलुटोली बङ्लादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले कार्तिक १७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्