बुटवल-रुपन्देही निर्वाचन क्षेत्र न. २ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार केशव बहादुर थापा सूर्यवंशीलाई समर्थन गर्दै गठबन्धनले सहमती गरेका छन । गठबन्धनका उम्मेद्वार नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेद्वारी खारेज भएपछि विकल्पका रुपमा एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध भिडाउन जनमुक्तिका सूर्यवंशीलाई गठबन्धनले समर्थन गर्दै चार बुँदे सहमती समेत गरेका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक भएर जाने भएका छन् । गठबन्धन र जनमुक्ति पार्टीले शनिबार बुटवलमा संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय गर्दै एक आपसमा सघाउने घोषणा गरेका छन । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनले जनमुक्ति पार्टीका केशवलाई सघाउने गरि सहमती सार्वजनिक गरेका छन ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २, प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने सहमती भएको छ । गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङको संयोजकत्वमा, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाँण सदस्य रहेको समितिले जनमुक्तिसँग सहमती गरेका हुन ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा डिबी थापा, प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मोजिद अली, प्रदेशसभा २ मा मीनबहादुर पल्लीमगर लाई सघाउने निर्णय भएको गठबन्धन र जनमुक्तिले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनाल र राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापाले हस्ताक्षर गरेका छन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले जनमुक्तिलाई समर्थन नगरि नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार हरिसुन्दर बासीलाई समर्थन गरेको छ । निर्विकल्प उम्मेद्वारका रुपमा चर्चामा रहेका पौडेलाई गठबन्धनले जनमुक्ति पार्टीका केशवलाई समर्थन गरेपछि चुनावी सरगर्मी फेरि पेचिलो बनेको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्