काठमाण्डाै – मंसिर ४ गते हुने चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणापत्र सार्वजनिक गरेकाे छ ।
नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आज साेमवार आयाेजित एक कार्यक्रममार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे ।
घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक संसद् लगायत उल्लेख गरिएकाे छ ।
यस्तै, एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने, उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने राप्रपाको घोषणापत्रमा उल्लेख छ । घाेषणापत्रमा प्रदेश खारेजी, केन्द्र र बलियाे स्थानीय तह भएकाे दुई तहकाे शासकीय संरचना लगायत उल्लेख छ ।
पूर्णपाठ:
प्रकाशित मिति : सोमबार, कार्तिक १४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्